उदयपुर — उदयपुरको भुल्केबाट परीक्षणका लागि शनिबार कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । त्यहाँको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि ल्याइएको थियो ।


ADVERTISEMENT


 

तीमध्ये ८ जनाको नमुना परीक्षण गर्दा संक्रमण देखिएको अस्पताल स्रोतले बताएको छ। यकिन गर्नका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण गरिने भएको छ। प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार कोसीमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको तर अन्तिम पुष्टिका लागि थप परीक्षण गर्नुपर्ने बताइएपछि धरानस्थित प्रतिष्ठानमा दोहोर्‍याएर परीक्षण गर्न लागिएको हो।


ADVERTISEMENT

# # #