कैलाली-  कैलालीमा भारतबाट फर्किएका एक १९ वर्षीय युवकमा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । बर्दगोरिया गाँउपालिका–३ का युवामा र्‍यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी (प्रस्तावित एसएसपी) सुदीप गिरीले आरडीटीमा पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालमा ल्याइएको बताए । प्रहरीका अनुसार उनी चैत १० गते भारतबाट फर्किएका थिए ।


ADVERTISEMENT

# # #