काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् ।


ADVERTISEMENT


सो क्रममा आफूले त्यहाँका नेपालीका बारेमा चासो राखेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने आश्वासन दिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘आज दिउँसो साइप्रसका महामहिम राष्ट्रपति निकोस अनानस्टासियादेससँग मेरो टेलिफोन संवाद भयो। त्यहाँ रहेका विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरूको बारेमा मैलेआफ्नो चासो राखें। उहाँले नेपालीहरूको उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरोमा पर्न नदिनेमा मलाई आश्वस्त पार्नुभयो।’

भारत र चीनलाई धन्यवाद

यसैबीच प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीट गरी आभार व्यक्त गरेका छन् ।