काठमाडौँ – भारतले कोरोना भाइस (कोभिड–१९) विरुद्ध लड्न नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालेस्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त परिणामको औषधि हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहार स्वरुप हस्तान्तरण गरिएको सो औषधीहरु १८ किसिमका रहेको बताइएको छ । जसमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोजलगायतका अत्यावश्यक औषधिहरु छन् । यसले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिवद्धतालाई दर्शाएको भारतीय दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत्र २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गर्दै सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने तथा सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।