अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनका लागि अमेरिकामा आप्रवासन रोक्ने कार्यकारी आदेश जारी गरेका छन् । कार्यकारी आदेश लागु भएको बखत अमेरिकाबाहिर रहेकाहरुका सन्दर्भमामात्र यो रोक लागु हुनेछ । त्यस्तै यो आदेश लागु भएको बखत आप्रवासी भिसा नभएकाहरुलाई पनि यो रोक लागु हुनेछ । अर्थात् पहिले नै आप्रवासी भिसा लिइसकेकाहरुलाई भने अमेरिका प्रवेशमा रोक लगाइनेछैन ।


ADVERTISEMENT


त्यसैगरी यो कार्यकारी आदेश लागु भएको मितिमा एड्भान्स परोल, ट्रान्सपोर्टेशन लेटर, उपयुक्त यात्रा कागजात लगायतका भिसा बाहेक अन्य ट्राभल डकुमेन्टहरु नभएकाहरुलाई पनि अमेरिका प्रवेशमा रोक लाग्नेछ । पहिले नै अमेरिकाको ग्रिनकार्ड लिइसकेकाहरुलाई यस्तो रोक लाग्ने छैन । ग्रिनकार्डवाहकहरु अमेरिकाबाहिर रहेको अवस्थामा यो कार्यकारी आदेश लागु भएकै अवस्थामा पनि अमेरिका आउन सक्नेछन् ।


ADVERTISEMENT

# # #


त्यस्तै फिजिसियन, नर्स, अन्य स्वास्थ्यकर्मीका रुपमा आप्रवासी भिसामा अमेरिका आउनेहरुलाई पनि रोक लाग्नेछैन । अमेरिकी सेनाका सदस्यहरु वा उनीहरुका दम्पत्ति वा छोराछोरीहरुलाई पनि रोक लाग्नेछैन । अमेरिकी सरकारको राष्ट्रिय रुचीमा आउनेहरुलाई पनि कुनै रोक लाग्ने छैन ।