एजेन्सी –  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस महामारीविरुद्ध नियन्त्रणका लागि आर्थिक सहायता रोक्ने बारे गरेको निर्णय पुर्नविचार गर्न अमेरिकालाई आग्रह गरेको छ । उसले भनेको छ, यस लडाइँमा अझै लामो यात्रा गर्न बाँकी छ । नियमित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोमले भनेका छन्, ‘स्वास्थ्य एजेन्सीको वित्तपोषणलाई रोक्ने निर्णय अमेरिकाले फेरि पुनर्विचार गरोस् ।’
डब्ल्यूएचओ प्रमुखले कोरोना भाइरसको महामारी तत्काल नरोकिने संकेत गर्दै भनेका छन्, ‘पश्चिमी यूरोपका केही देशमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको देखिए पनि अफ्रिका, मध्य अमेरिका, दक्षिण अमेरिका र पूर्वी यूरोपमा प्रकोप बढ्दै गएको छ ।’


ADVERTISEMENT


गत सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर फैलिएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोराना भाइरसबाट हालसम्म साढे २६ लाख बढी संक्रमित भएका छन् भने १ लाख ८३ हजारभन्दा बढीको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


प्रतिकृया

प्रतिकृया