खुला आकाश मुनिको कैदी म।
माथी तिर हेर्छु आकाश त खुला छ।
तर म खुला आकाश मुनि कैद भयकी छु।
आकाशका बादललाई कति स्वतन्त्रता छ।
यताउता मडारिनु र सल्बलाउन पाउछन् ।
चराहरु पनि पखेटा फिजाई फिजाई नाचिरहेका छन् ।
तर म त कैद भयकी छु।
लक्ष्मण रेखाको घेरामा बाधियकी छु।
वचनरुपि नेलकडिमा सजियकी छु।
न त कुनै प्रतिकार गर्न सक्छु न कुनै बिद्रोह नै ।
हो आकाश त खुला छ
तर

खुला आकाशमुनी कैद भयकी छु।।।


ADVERTISEMENT