काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिए पनि यसले प्रेरित गरेको अपराधलाई उन्मुक्ति दिन नमिल्ने बताएको छ।


ADVERTISEMENT


शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसले भनेको छ – अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी’ दिइएको शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन।


ADVERTISEMENT

# # #


कांग्रेसले सो घटनाबारे गहिरो अनुसन्धान गर्न र जो कोहीको संलग्नता रहे पनि कारबाहीको माग गरेको छ। यसअघि गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

ती दुई अध्यादेशले राजनीतिक दललाई विभाजन गर्न सजिलो हुने र संवैधानिक आयोगमा नियुक्ति गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई बाहिर राख्ने भन्दै चर्को आलोचना भएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको हो।