काठमाडौँ – गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ ।


ADVERTISEMENT


यो सँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ ।


ADVERTISEMENT

# # #


गुराँस लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्ट सम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेको बताए ।

यस किसिमको सहकार्यले बमितहरूले घरमै बसेर सजिलै सँग प्रिमियम भुक्तानी गर्न सक्ने उनले जानकारी दिए ।