काठमाडौँ– राप्रपाले संघीय र प्रदेश संसदको निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।


ADVERTISEMENT


राप्रपा उपाध्यक्ष टंक ढकालको नेतृत्वमा आयोग पुगेको टोलीले दुवै तहका निर्वाचनमा भाग लिन दल दर्ता गराएको हो । टोलीमा महामन्त्री जयन्त चन्द, सहमहामन्त्री चन्द्रबहादुर गुरुङ, सांसद भाष्कर भद्रा, प्रवक्ताद्वय भुवन पाठक र सुशील श्रेष्ठ तथा नेताहरु दिलविकास राजभण्डारी, भरत पाठक र टेकराज पनेरुलगायत थिए ।


ADVERTISEMENT

# # #


कमल थापा नेतृत्वको राप्रपा विभाजन भएर हालै राप्रपा (प्रजातान्त्रिक) गठन भएको छ । उक्त पार्टी पनि आयोगमा दर्ता गर्ने कसरतमा छ ।