दमक– भुटानी शरणार्थीले आफ्नो गाँस काटेर झापा गाउँपालिका वडा नं ७ का ७३ घर बाढीपीडित परिवारलाई राहत वितरण गरेका छन् ।


ADVERTISEMENT


शरणार्थीले आफूहरुलाई संस्थाले खान दिएको चामल घरघरबाट मुठीमुठी संकलन गरेर एक हजार ८७० केजी चामल बाँडेका हुन् । ती राहत खाद्य सामग्री शनिबार पीडितलाई हस्तान्तरण गरिएको बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीले बताए। दमकको बेलडाँगी र मोरङको पथरी शिविरका शरणार्थीले संयुक्त रुपमा ती खाद्य सामग्री जुटाएका हुन् ।


ADVERTISEMENT

# # #