काठमाडौं –  भारतमा कोरोना भाइरस (कोभिड- १९)बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार चार सय नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या २७ हजार आठ सय ९२ पुगेको छ ।


ADVERTISEMENT

# # #


भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण ३४२ जना मानिसको मृत्यु भइसकेको छ भने आठ हजार ६८ जना संक्रमित भइसकेका छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ५१ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय तीन जनाको मृत्यु भएको छ ।