बीबीसी – कोरोनो भाइरसबाट सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक इटालीमा मृत्युदरमा कमी आएसँगै लकडाउन खुकुलो बनाइने भएको छ।


ADVERTISEMENT


कोन्टेले मानिसहरुलाई सानो संख्यामा मास्क लगाएर आफन्त कहाँ जान दिइने उल्लेख गर्नुभयो । पार्कहरु खुल्ला गरिने भएपनि आगामी सेप्टेम्बरसम्म विद्यालय भने नखुल्ने बीबीसीले उल्लेख गरेको छ ।  अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इटालीमा आइतबार एकैदिन २ सय ६० जनाको मात्र मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


यो संख्या गत मार्च १४ यताको कम हो । कोभिड १९ का कारण त्यहाँ हालसम्म २६ हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ भने करीब २ लाख संक्रमित भेटिएका छन् ।

यस्तै, अर्को युरोपेली मुलुक स्पेनमा ६ साता लामो लकडाउन पछि पहिलो पटक बालबालिकाहरुलाई खेल्नका लागि बाहिर जान दिइएको बीबीसीले उल्लेख गरेको छ ।