काठमाडौं  – मुलुकभर मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा प्रवेश भएकाले वर्षा जारी रहने महाशाखाले जनाएको छ ।पश्चिमी भू–भागका अधिकांश स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


आगामी तीन दिनको मौसम पूर्वानुमान:बैशाख १५ गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बैशाख १६ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्या, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बैशाख १७ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।