न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड-१९ को महामारीको चपेटामा पर्नु भएका न्यूयोर्कका नेपालीहरु लाई यस फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्न अग्रसर छ। सेवा नै धर्म हो भन्ने मुल नारा का साथ फाउण्डेशन अघि बढी रहेको छ।


ADVERTISEMENT


न्यूयोर्क राज्यका सेनेटर जोन सि। ल्यु को पहलमा Buddhist Tzu Chi Charity Foundation, Flushing, New York ले २ हजार थान सरजिकल मास्क र न्वाला वुदोहरथी- समाजसेवी एवम् ज्याक्सन हाईट्स व्युटिफीकेसन ग्रुप, नन प्रफिट सस्थां की अध्यक्ष ले चामल, वेवी वाईप्स, ब्लिच, ग्लोभ्स, वेवि मिल्क र वेवि डाईपर हरु गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका लाई सहयोग गर्दै दान गर्नु भयो।सहयोग सामग्री हरु को हस्तान्तरण कार्यक्रम मा केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा को उपस्थितिमा भएको थियो।


ADVERTISEMENT

# # #


यसै क्रममा छिरीङ्ग राष्के लामा ले १ हजार थान सरजिकल मास्क नेपाल आदिवासी जनजाति महासघं अमेरिका का अध्यक्ष लोक चेम्जोङ्ग लाई आजै हस्तान्तरण गर्नु भयो। सेवा कै क्रममा राप्के लामाले ५०० मास्क घ्याल्सुम्दो सेवा संस्था अमेरिका की अध्यक्ष निमा ल्हमो, घ्याल्सुम्दो समाजकै ६ परिवार लाई वेवि वाईप्स, वेवि मिल्कस हरु र भोइस फर युथ, न्यूयोर्कका नेपाली विद्यार्थी लाई २० पाउण्ड चामल हस्तान्तरण गर्नु भयो।
गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका न्यूयोर्क राज्यका सेनेटर जोन सि। ल्यु र न्वाला वुदोहरथी लाई ह्रदय देखि धन्यवाद एवम् आभार प्रकट गरे।
केही रहेका सामग्रीहरु छिरीङ्ग राष्के लामा ले नेपाली समुदाय मा वितरण गर्नु हुने छ र कृपया वहाँ सगं (347) 652-3683 मा सम्पर्क गर्नु हुन अनुरोध गरेका छन्।