काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एकैसाथ विदेशबाट हजारौं नेपाली स्वदेश फर्काइन सक्ने भन्दै उनीहरुको व्यवस्थापनको तयारी गर्न सरकारको ध्यानकर्षण गराएको छ । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट नेपाली जनतालाई जोगाउन जारी गरिएको लकडाउनका बेला लचिलो नबन्ने निर्णय लिएको सरकारलाई विदेशबाट पठाइने कामदारको व्यवस्थापन पेचिलो बन्ने देखिएको छ ।


ADVERTISEMENT


यस्तै कांग्रेसले कोरोना भाइरस  रोकथाम तथा नियन्त्रणमा सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी, पूर्वस्वास्थ मन्त्रीहरू र स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग गरेको छलफलले उक्त निष्कर्ष निकालेको हो । यसले संक्रमण नियन्त्रणका लागि सरकारसँग विभिन्न माग अधि सारेको छ ।


ADVERTISEMENT

# # #


कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रणका सन्दर्भमा सरकारसँग गरेका मागहरूः

  • लकडाउनले कोरोनासँग जुध्न वातावरण निश्चय नै निर्माण गर्‍यो तर लकडाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको छ। सरकारले आवश्यक गति बढाउनुपर्छ।
  • परिक्षण समुदाय स्तरसम्म पुर्‍याउनु पर्ने अनिवार्य आवश्यकता छ तर र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनु पर्छ र पीसीआर कै क्षमता र दायरा बढाइनु पर्दछ।
  • स्वास्थकर्मीहरूलाई पर्याप्त पीपीई लगायतका सामग्री अझै पनि नपुगेको स्थिती छ। यतिको समय व्यतित हुँदापनी अझै सामग्री पर्याप्त नहुँदा स्वास्थकर्मीहरू जोखिमपूर्ण ढंगले कार्य गरिरहेका छन्। तत्काल गुणस्तरीय सामग्री पुर्‍याएर सरकारले कोरोना विरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी छ।
  • कतिपय बेला स्वास्थकर्मीहरूलाई हतोत्साहित गर्ने र गरिएका जे जस्ता घटना भएका छन् त्यसलाई गम्भीरतापूर्वक लिँदै यस्ता घटना देशभर कहिँपनि हुन नदिन सतर्कता र गम्भीरता जरुरी छ।
  • अस्पतालहरूको हालको क्षमताको एकातर्फ अधिकतम उपयोग, अर्कातर्फ संक्रमितको संख्या बढ्नुसँगै जनशक्ति र उपकरणहरूको वृद्धिमा गति बढाउन जरुरी छ।
  • अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्दछ। उपचार कठिनाइसँगै अत्यावश्यक औषधिहरूको अभाव हुँदै जाँदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ। अतः औसधि उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ।
  • कयौं ठाउँका क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको नभएको र त्यसो हुँदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको छ भने अर्कातर्फ डेङ्गु, मलेरिया र अन्य रोगको संक्रमणसमेत भएको विवरण आएका छन्। अतः विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरूको उचित व्यवस्थापन जरुरी छ।