काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग्ने प्रस्तावलाई उनको समूहले पार्टी विभाजनको प्रस्तावका रुपमा टिप्पणी गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने नेकपाका नेता कर्णबहादुर थापाले ओलीको राजीनामाको प्रस्ताव पार्टी विभाजनको प्रस्तावका रूपमा समेत व्याख्या गरेका छन् ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता थापाले त्यस्तो प्रस्ताव स्वीकार्य हुन नसक्ने उल्लेख गरेका छन् । उनले आफ्नो स्टाटसमा लेखेका छन्, पछिल्लो समयमा आएर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कमरेड केपी शर्मा ओलीको राजीनामाको जुन प्रस्ताव सार्वजनिक भएको छ । यो पार्टी विभाजनको प्रस्ताव हो ।’उनले सकिँदा केपीमात्रै सकिन्छन् भन्ने कसैले सोचेको छ भने यो मुर्खताभन्दा अरु के नै हुन सक्छ भन्ने प्रश्न उठाउँदै लेखेका छन्, ‘विग्रह होइन, पार्टी एकताको पक्षमा उभिनु अहिलेको आवश्यकता हो ।’

पार्टी उपाध्यक्ष वामदेव गौतमले दुवै पदबाट राजीनामा दिन ओलीलाई सुझाब दिएका थिए । तर, सबै पक्षबाट कमजोरी भएको भन्दै नेता थापाले तिनलाई सच्चाउदै एकताबद्ध, बलियो र प्रभावकारी पार्टी तथा सरकार आम नेपाली जनता र नेकपाका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकको मूल चाहाना रहेको पनि बताएका छन् ।

‘कहीँकतै कमजोरी छैनन् भनेर कसैले भनेको छैन । कमजोरी हटाउनुपर्दछ भन्नेमा विवाद नै छैन, तर विभिन्न घटनालाई उछालेर जनता कार्यकर्तालाई घटनापछि कुदाउने र आफू पानीमाथिको ओभानो बन्ने प्रवृत्ति सबैका लागि धातक हुन्छ,’ थापाले लेखेका छन्, ‘विभिन्न कमी र कमजोरीलाई सच्याउँदै एकताबद्ध, बलियो र प्रभावकारी पार्टी तथा सरकार आमनेपाली जनता र नेकपाका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकको मूल चाहाना हो ।’

नेता थापाले नेकपाको अहिलेको समस्या कार्यशैलीगत रहेको स्वीकारेका छन् ।

उनले भनेका छन्, ‘नेकपाभित्रको हालको विवाद कार्यशैलीगत हो । वैचारिक र राजनीतिक विवाद महाधिवेशनबाट हल गर्ने विषयमा आमसहमति भएकै छ । यो सरकार बनेकै दिनदेखि केही नेतास्तरका मानिस निहुँ झिकिझिकी सरकार र पार्टी नेतृत्वको विरुद्धमा विपक्षी पार्टीभन्दा चर्को स्वरले विरोध अभियान चलाउँदै आएका छन् ।’