काठमाडौँ – रेडियो नेपालले आफ्नो कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा प्रस्तावित जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराईले बोलेको कुरालाई लिएर सकारसँग माफी मागेपछि हंगामा मच्चिएको छ ।


ADVERTISEMENT


नियमित कार्यक्रम अन्तरसंवादमा सोमबार डा. भट्टराईले सरकारको आलोचना गरेपछि रेडियो नेपालले विज्ञप्ती नै निकालेर माफी मागेको हो । रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले एक विज्ञप्ती जारी गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर प्रयोग गरेको भाषा र विचारले दुःखी तुल्याएको भन्दै माफी मागेका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘आज बिहान समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथीका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्माओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले दुःखी तुल्याएको छ ।’

उनले आगामी दिनमा रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरुमा अतिथी चयन गर्दा गम्भीर रुपमा सचेत रहने बताएका छन् । ‘सो कार्यक्रम प्रत्यक्ष प्रत्यक्ष प्रशारण भएको हुँदा आवश्यक सम्पादन गर्न नसकिएकोमा क्षमा चाहन्छौँ ।’ कार्यकारी निर्देशक कार्कीले भनेका छन्, ‘अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरुमा अतिथी चयन गर्दा गम्भीर रुपमा सचेत रहने प्रतिवद्धता पनि व्यक्त गदैछौँ ।’

रेडियो नेपालले माफी मागेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । रेडियो नेपाल सरकारको सरकारको छायाँ बनिरहेको आरोप लागिरहेका बेला उक्त कार्यक्रमबारे माफी मागेपछि त्यसले झन् मलजल गरेको छ ।

कार्यक्रममा त्यस्तो के भनेका थिए बाबुरामले ?

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकार र प्रधानमन्त्री केपी शर्माओलीको खुलेर आलोचना गरेका छन् । सरकारले तत्कालीन समाजवादी पार्टी फुटाउन दल विभाजनको प्रावधान खुकुलो बनाउने सम्बन्धी अध्यादेश ल्याएपछि चिढिएका बाबुरामले प्रधानमन्त्री ओलीलाई आफ्ना नेता अपहरण गरेको आरोप लगाइरहेका छन् ।

त्यसैको सिसिलामा उनले सोमबार बिहान ६ः३० मा प्रशारण भएको उक्त कार्यक्रममा पनि प्रधानमन्त्री ओलीको खुलेर आलोचना गरेका छन् ।उनले सरकार निरंकुशतातर्फ गइरहको र हिजो जनताकै नाममा संघर्ष गरेका मान्छेहरु सत्तामा गएपछि भ्रष्टिकृत भएको भन्दै उनले भने, ‘४६-४७ सालपछिको कांग्रेसमा पनि त्यस्तो विवाद आयो । अहिले पनि कम्युनिस्ट पार्टी सत्तामा छ । तर, आफूलाई कम्युनिस्ट भन्ने, हिजो लप्पल लाएर हिंड्ने, गरिब कुटुरोमा बस्ने मान्छे अहिले महलमा बस्ने थाले र जनतालाई हेपेर आफू नयाँ शासब बन्न थाले । त्यसको विरुद्धमा पनि अहिले आवा उठ्दैछ ।’

उनले भनेका छन्, ‘प्रधानमन्त्ती ओलीले आफूलाई एउटा समूहको मात्रै नेता हुँ भन्ने भ्रम छरेर उहाँले जुन सक्ता कब्जा गर्नुभयो र अहिले राज्यका सबै अंग (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका)लाई एकपछि अर्को गर्दै पंगु बनाउँदै पूरै एउटा निरंकुश शासक बन्नतिर गइराख्नु भएको छ ।’

यस्तै डा. भट्टराईले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको उद्दण्डता देखिएको र उनले दुई तिहाई बहुमत भएको बेलामा देशलाई बनाउनुको सट्टामा, कोरोनाले देश आक्रान्त भएको बेलामा त्यसतर्फ ध्यान दिनुको सट्टा राष्ट्रपतिलाई समेत दुरुपयोग गरेर अध्यादेश जारी गर्ने र संवैधानिक आयोग समेत कब्जा गरेर आफ्नै मान्छे राखेर पूरै हिटलर बन्ने दिशातिर गइरहेको आरोप लगाएका छन् ।

‘सांसदलाई अपहरण गरेर पार्टी फुटाउने प्रयत्न उनले जुन गरे, त्यसलाई हामीले भण्डाफोर गर्‍यौँ र यसको विरुद्धमा हिजो मुद्दा दायर गर्दा मुद्दा दायर गर्न समेत उनले दिइराखेका छैनन् ।’ कार्यक्रममा भट्टराईले भनेका छन्, ‘यसले देश फाँसीवादतिर गइरहेको छ, तत्काल हामी जो जहाँ भएपनि, मुख्यतः नेकपाभित्रका साथीहरुले केपी ओली नामको भष्माशुरको जन्म नेपालमा भएको छ । यसको अन्त्य गरेर देशलाई तत्काल एउटा दिशामा लैजाऔँ र कोरोना मुक्त हाऔँ भन्ने म आग्रह गर्छु ।’

पूरा कार्यक्रम सुन्नुहोस्