काठमाडौँ – जिल्ला अदालत काठमाडौँले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटी बुझाएर तारिखमा छाड्न आदेश दिएको छ ।


ADVERTISEMENT


जिल्ला न्यायाधीश भरतमुनि खनालको इजलासले आज थुनछेक बहसपछि धरौटी २५ हजार धरौटी बुझाएर तारिखमा छुटेको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जालमार्फत सरकारको गालीगलोज गरेको आरोपमा पक्राउ परेका उपाध्यायलाई सरकारी वकिल कार्यालयले विद्युतीय कारोवारसम्बन्धी ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।