काठमाडौँ– नेपालमा थप दुईजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । रुपन्देही र बाँकेका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार रुपन्देहीका २५ वर्षीय पुरुष र बाँकेका ६० वर्षीय पुरुषको कोरोना देखिएको हो । संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।