काठमाण्डौ – कुवेतमा थप ९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो सँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८४ जना पुगेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि कुवेतमा ७५ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।


ADVERTISEMENT


सङ्क्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ । कुवेतले निको भएका सङ्क्रमितको भने राष्ट्रियता नखुलाउने भएकाले सङ्क्रमित नेपाली श्रमिक निको भए नभएको बारे दूतावासलाई जानकारी नहुने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताउनुभयो ।


ADVERTISEMENT

# # #