कोरोना भाइरस संक्रमणका कारण इटलीमा भन्दा बेलायतमा धेरै व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा २९ हजार ५०१ र इटलीमा २९ हजार ३१५ जनाको मृत्यु भएको छ । बेलायतमा मृत्यु भएकाहरुको संख्या इटलीको भन्दा १८६ ले बढी हो ।कोरोना संक्रमितको संख्या भने इटलीमा धेरै छन् ।


ADVERTISEMENT


इटलीमा २ लाख १३ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ भने बेलायतमा संक्रमितको संख्या १ लाख ९६ हजार २४० छ ।


ADVERTISEMENT

# # #


विश्वभर ३६ लाख ५९ हजार ७ सय ५९ जना कोरोना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै २ लाख ५६ हजार ९२८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

कोरोनाको उपचारपछि निको हुनेहरुको संख्या ११ लाख ९७ हजार ७३५ छ ।