काठमाडौँ – कारोना भाइरस (कोभिड–१९)को रोकथामका तथा नियन्त्रणका लागि सरकारको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने भएको छ ।


ADVERTISEMENT


बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेको हो । यसअघिको लकडाउनको समयावधि भोलि (बिहीबार) सकिँदै थियो । सरकारले लकडाउनको समयावधि छैटौँ पटक थप गरेको हो ।


ADVERTISEMENT

# # #


सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन जारी गरेको छ । लकडाउनको आज ४४ औँ दिन हो ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले कोरोना रोकथामका लागि सरकारले चालेका कदम प्रभावकारी भएको निष्कर्ष निकाल्दै लकडाउनलाई जारी राख्न सिफरिस गरेको थियो ।

नेपालमा हालसम्म ८२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १६ जना निको भएका छन् ।