पोखरा –  प्याराग्लाइडिङ व्यवसायीको छाता सङ्गठन नेपाल हवाई खेलकूद सङ्घ (एनएए) तथा कर्मफ्लाइट्स फाउण्डेशन नेपालको संयुक्त प्रयास र पोखरा महानगरपालिका–१८ कार्यालयको संयोजनमा उक्त खेलसँग आवद्ध ५८ मजदुरलाई राहत वितरण गरिएको छ ।


ADVERTISEMENT


सङ्घका अध्यक्ष कृष्णप्रसाद अधिकारीले प्याराग्लाइडिङ टेक अफ र ल्याण्डिङ साइटमा प्याकिङको काम गरेर जीविकोपार्जन गर्ने मजदुरलाई लक्षित गरेर पोखरा–१८ खपौंदीका ३१ र सराङकोटका २८ मजदुरलाई सोही स्थानमा लगेर राहत वितरण गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


राहत वितरण कार्यक्रममा पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापा, कर्मफ्लाइट्सका अध्यक्ष भुपालसिंह गुरुङलगायतको उपस्थिति थियो ।रासस