मलेसियाले सन् २०२० को जनवरी एक तारिक यता आवासीय भिसा समाप्त भएका आप्रवासी कामदारहरुलाई आवागमन नियन्त्रण आदेशको अवधि सकिएको दुई हप्ताभित्र देश छोड्न आदेश दिएको छ ।


ADVERTISEMENT


मलेसियाले मार्च १६ तारिकदेखि लागू गरेको आवागमन नियन्त्रण आदेश ९एमओसी० आदेश जारी गरेको हो । पटक–पटक थपिएको उक्त आदेश अर्को आदेश नभएमा आगामी मे १२ सम्म जारी रहने छ । कडा प्रवन्धबीच औद्योगिक क्षेत्र र मलहरु खुला गरेको मलेसियामा संक्रमितहरुको बृद्धिदर अहिलेकै अवस्थामा रहे त्यसलाई ट्याकल गर्न सकिने त्यहाँका अधिकारीहरुले बताएका छन् । मलेसियन अधिकारीहरुको हालको तयारीले ४ दिनपछि आवागमन नियन्त्रण आदेशको अवधि सकिने छ ।


ADVERTISEMENT

# # #


मलेसिया अध्यागमन विभागको परिवर्तित भिसा नीति सम्बन्धी पछिल्लो निर्णय जानकारी दिँदै क्वालालम्पुरस्थित नेपाली दूतावासले जनवरीयता आवासीय भिसा समाप्त भएका नेपाली कामदारहरुलाई अध्यागमनको सूचना अनुसारको प्रक्रिया अपनाउन भनेको छ । जनवरी एक तारिकयता त्यस्ता भिसा सकिएका कामदारलाई मलेसियाका सरकारी निकायसँग सम्पर्क नगरी पहिले जस्तै गरी आफैंले टिकट काटेर घर फर्किन अनुमति दिइएको छ । उनीहरुले जनवरी यता बसेको कुनै अध्यागमन शुल्क वा जरिवानासमेत तिर्नुनपर्ने मलेसियन अध्यागमनलाई उदृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

मलेसियामा जनवरी यताको चार महिनामा करिब ७ हजार नेपाली भिसा र करार अवधि सकिएर घर फर्किने प्रतिक्षामा रहेको नेपाली दूतावासले आँकलन गरेको छ । गतवर्ष डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भई ओभरस्टे भएका कामदारले भने कानून बमोजिम जरीवाना तिर्नुपर्ने छ । आवागमन नियन्त्रण आदेश लागू हुनुभन्दा अगाडि वा शुरु भएपछि भिसाको म्याद समाप्त भएका विदेश कामदारको भिसा नवीकरण गर्नुपर्ने भएमा आवागमन नियन्त्रण आदेश समाप्त भएको ३० दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । त्यहाँ २५ हजार अवैध नेपाली रहको अनुमान छ ।