काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले भारत भ्रमणको क्रममा दिएको अभिब्यक्तिलाई लिएर विरोध सुरु गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई जवाफ दिने भएका छन ।


ADVERTISEMENT


उनले ब्यवस्थापिका संसदको बैठकमार्फत प्रमुख प्रतिपक्षी दललाई जवाफ दिने तयारी गरेका हुन । आफ्नो भारत भ्रमणको विषय बस्तु बारे संसदलाई जानकारी गराउन र एमालेको विरोधको जवाफ दिन प्रधानमन्त्री देउवाले सभामुख ओनसरी घर्तिसँग बोल्ने समय लिएका छन ।


ADVERTISEMENT

# # #


नेकपा एमालेले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा संविधान संसोधनमा दुई तिहाई बहुमत पु¥याउन नसक्दा पास नभएपनि भविष्यमा दुई तिहाई बहुमत पु¥याएर संसोधन गर्ने प्रतिबद्धतासहितको अभिब्यक्ति दिएका थिए । जसलाई एमालेले संसद, संविधानसभाको अपमान गरेको र नेपालको आन्तरिक मामिलालाई अन्तर्राष्ट्रिय करण गरेको आरोपसहित विरोध गरेको छ ।

कांग्रेसले भने भारतीय प्रधानमन्त्रीको जवाफमा नेपालको बास्तविकता भनेको भन्दै त्यसको बचाऊ गर्दै आएको छ ।