काठमाडौं –नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथालाई चीनका सञ्चार माध्यमहरूले आफ्नो भूभागमा रहेको भन्दै भ्रम फैलाएका छन् ।


ADVERTISEMENT


चीनको चर्चित चाईना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डल मार्फत सगरमाथा चीनमा रहेको दाबी गर्दै तस्बिरहरू सार्बजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


सीजीटीएनको आधिकारिक पेजमा तस्बिरहरू पोष्ट गर्दै लेखिएको छ ‘चीनको तिब्बत स्वशासित क्षेत्रमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको आकासमा देखिएको सूर्यमा अद्भूत घेरा देखियो ।’

माउन्ट क्युमोलाङ्मालाई सगरमाथा समेत भनेर चिनेने भन्दै सो क्षेत्र चीनमा रहेको भ्रम फैलाएपछि नेपालको स्वाभिमान र भूभागमा चीनले हस्तक्षेप गरेको भन्दै चर्को आलोचना भएको छ ।

यस अघि समेत चीनका तर्फबाट सगरमाथा सम्बन्धि भ्रामक तथ्यहरू सार्बजनिक हुँदै आएको र यस्ता गतिबिधिले सशंकित बनाएको भन्दै चीन तर्फको गलत गतिबिधिलाई सच्याउन नेपालले कडा कदम चाल्नुपर्ने सामाजिक सञ्जालहरूमा आवाज उडाईएको छ ।