काठमाडौं – आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण गरेका छन ।


ADVERTISEMENT


मल्होत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरेका हुन् । मल्होत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क भििन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्क वितरण गर्दै आईरहेका छन् ।


ADVERTISEMENT

# # #


कोरोना भाईरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेका चिकित्सक साथीहरुलाई संघमै आएर मास्क वितरण गर्न पाएकोमा मल्होत्राले खुशी व्यक्त गरे । उनले भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडी बढने जनाउदै अहिलेको महामारीमा संघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिवद्ताद्ध व्यक्त गरे ।

कोरोना भाइरस कोभिड–१९ फैलिनसक्ने त्रासका बीच मास्क अभाव भईरहेका बेला मलहोत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागी धेरै राम्रो काम र ठुलो सहयोग गरेको उक्त मास्क हस्तान्तरण कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।

मनका धनी मल्होत्राले अहिले व्यावसाय गर्न भन्दा पनि सामाजिक कामका लागी मास्क कम्पनी सन्चालनमा ल्याएको बताए । उनले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगाएतका क्षेत्रमा वितरण गरिदै आएको बताए । उनले अबको केहि दिनबाट मास्कको सर्टेज नहुने समेत दाबी गरे ।

आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको उनले बताए । आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य भएको उनले बताए । मल्होत्राले भने, ‘बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुँदैछ अब मास्क नपाएर आत्तिनुपर्दैन’ । उक्त मास्क न्युन मूल्यमा पाइने समेत मलहोत्राले बताए ।

यस्तो बेला जनता र सरकारलाई सहयोग गर्न पनि नाफा नखाने उनले बताए । चेम्बरले केही समयअघि कोरोना भाइरस नियन्त्रणसम्बन्धी बनाएको सहजीकरण समितिको संयोजकसमेत रहेका मलहोत्रा अहिलेको लकडाउनको समयमा पनि दैनिक मास्क वितरण गर्नमै व्यस्त रहेका छन । मल्होत्राले अहिलेको महामारीमा घरमै बसी सरकारले लागु गरेको लकडाउन पालना गरिदिन समेत सबैलाई आग्रह गर्दै आफु सुरक्षित हुदैँ समाजलाई समेत कोरोनाबाट सुरक्षित राख्न अनुरोध समेत गरे ।