काभ्रे – कारोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुनसक्ने जनाउँदै काभ्रेपलाञ्चोकमा क्वारेन्टाइन तथा शैया सङ्ख्या बढाउने तयारी भइरहेको छ ।


ADVERTISEMENT


लकडाउन खुकुलो बनाउँदा नागरिकको चहलपहल बढ्नसक्ने भएकाले सङ्क्रमणको उच्च जोखिम हुनसक्ने जनाउँदै जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रले क्वारेन्टाइन तथा श्यया सङ्ख्या बढाउने तयारी गरेको हो ।


ADVERTISEMENT

# # #


विशेषगरी शहरी क्षेत्रमा क्वारेन्टाइन तथा श्यया सङ्ख्या बढाउने तयारी भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार जिल्लामा थप क्वारेन्टाइने व्यवस्थापन गर्दै श्यया सङ्ख्या एक हजार पुर्‍याइनेछ । झाले भने, ँपूर्वतयारीस्वरुप क्वारेन्टाइन र श्यया सङ्ख्या बढाइने भएको हो ।” उनका अनुसार हाल जिल्लास्थित स्थानीय तहलगायत विभिन्न स्थानका क्वारेन्टाइनमा ३४२ श्यया व्यवस्थित गरिएको छ ।

जिल्लामा व्यवस्थित गरिएका क्वारेन्टाइन हाल रित्तिएको अवस्थामा छन् । सरकारको निर्णयसँगै काभ्रेमा लकडाउन खुकुलो बनाउँदा नागरिकको चहलपहल बढ्ने, यसकारण सङ्क्रमणको जोखिम बढ्नसक्ने भएकाले पूर्वतयारी गर्नैपर्ने झाले बताए । उनले सङ्क्रमणको अवस्था भयावह भए ठूलो चुनौतीपूर्ण अवस्था सिर्जना हुने भएकाले धुलिखेललगायत स्थानका होटल क्वारेन्टाइनका रूपमा प्रयोग गरिने बताए ।

पाँचखाल, पनौती, नमोबुद्ध र बनेपा नगरपालिकामा क्वारेन्टाइन र हाल व्यवस्थित क्वारेन्टाइनमा श्यया सङ्ख्या बढाउने तयारी भइरहेको हो । स्वास्थ्य सेवा पहुँचका हिसाबले शहरी क्षेत्रमा क्वारेन्टाइन सङ्ख्या थप्न लागिएको केन्द्रले जनाएको छ । हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर १५, चौँरीदेउराली गाउँपालिकमा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोला गाउँपालिकामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको छ । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच श्ययाको आइसोलेसनकक्ष छन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तह, जिल्लास्थित अस्पताल तथा सुरक्षा निकायसमेतलाई एक हजार ५९६ पिपिइ ९पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट०, फेस मास्क एक लाख ३४ हजार ४५०, एन–९५ मास्क ९७५, स्यानिटाइजर ११ हजार ३९९, सर्जिकल पाञ्जा चार लाख ७४ हजार १५०, आरडिटी किट ९२०, इन्फारेड थर्मोमिटर २१५ तथा स्वाब सङ्कलन बुथ एक थान प्राप्त भएको केन्द्रले जनाएको छ।

प्रवेश नाकामा कडाइ गरेलगत्तै केन्द्रले शुक्रबार साँझ सुरक्षाको मापदण्ड र सामाजिक दूरी कायम गरी विभिन्न उद्योग तथा विकास–निर्माण सम्बन्धित आयोजना सञ्चालन गर्न दिइने गरी लकडाउन खुकुलो बनाएको थियो । तर, सीमानाकाको कडाइ भने यथावत नै राखिएको तथा जिल्लाको कुनै क्षेत्रमा कोराना भाइरसको सङ्क्रमणको जोखिम देखिएमा सो क्षेत्र वा जिल्लाभरि नै निश्चित अवधिसम्मका लागि स्थानीय प्रशासनले सबै रोक लगाउने जनाइएको छ । – रासस