काठमाडौं – साउदी अरबले कोरोना भाइरसले थला परेको अर्थतन्त्रलाई उकास्न आफ्नो आर्थिक नीतिमा कठोर परिवर्तन गरेको छ । सरकारी कर्मचारीहरुको भत्ता कटौती गर्दै ५ प्रतिशतमा रहेको भ्याटलाई तीन गुणा बढाएर १५ प्रतिशत बनाएको छ ।


ADVERTISEMENT


 

भ्याटको प्रतिशत वृद्धिलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ‘दर्दनाक’ भनेका छन् । साउदी अर्थमन्त्री मोहम्मद अल जडानले कच्चा तेलको मुल्यमा आएको भारी गिरावटका कारण उक्त कदम चाल्नु परेको बताएका छन् ।  घरेलु प्रयोगमा रहेको ग्यासमा गरिएको मुल्य वृद्धि र भ्याट वृद्धिबाट प्रभावित १५ लाख सरकारी कर्मचारीलाई मासिक एक हजार रियाल प्रदान गरिने भएको छ ।


ADVERTISEMENT

# # #


 

कोरोना भाइरसका कारण नियमित राजस्वका अन्य श्रोतहरु संकुचित भएको र स्वास्थ्य उपचारमा व्यापक लगानी भएका कारण अर्थतन्त्र दवाबमा रहेको भन्दै अर्थमन्त्री जडानले  भविश्यमा खर्च कटौतीका धेरै उपायहरु अपनाउनुपर्ने बाध्यता आउन सक्ने बताएका छन्  ।