काठमाडौँ – नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्छ भन्दै भ्रम फैलाएको चिनियाँ मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले आफ्नो गल्ती सच्यायो तर अझै माफी भने मागेको छैन् ।


ADVERTISEMENT


सीनजीटीएनले गत शुक्रबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डल मार्फत सगरमाथा चीनमा रहेको दाबी गर्दै तस्बिरहरू सार्वजनिक गरेको थियो । आफ्नो ट्टवीटमा उसले ‘चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको आकासमा शुक्रबार सूर्यमा अद्भूत घेरा देखियो’ लेखेको थियो ।


ADVERTISEMENT

# # #


माउन्ट क्युमोलाङ्मालाई एभरेस्ट समेत भनेर चिनेने भन्दै सो क्षेत्र चीनमा रहेको भ्रम फैलाएपछि नेपालको स्वाभिमान र भूभागमा चीनले हस्तक्षेप गरेको भन्दै चर्को आलोचना भएको थियो । आलोचना पछि सीजीटीएनले गल्ती सच्याएको छ ।

आइतबार पुनः ट्वीट गर्दै उसले ‘नेपाल र चीनको सीमामा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको आकाशमा मेई १ मा सूर्यमा अद्भूत घेरा देखियो लेखेको छ ।’