काठमाडौँ – नेपालमा थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी र पर्साका २४ जनामा कोरोना देखिएको हो ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT

# # #


संक्रमितमध्ये रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४८ वर्षीय ९ पुरुष तथा ४, १० र २८ वर्षीय महिला गरी १२ जना रहेका छन् । यस्तै कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षीय ८ पुरुष रहेका छन् । यस्तै पर्साका ३६ र ७४ वर्षीय पुरुष तथा ३६ वर्षीय महिला रहेका छन् ।

यस्तै नवलपरासीका ३६ वर्षीय पुरुषलाई पनि कोरोना देखिएको छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेका छन् ।

नेपालमा एकैदिन हिजो मात्रै ८३ जना नयाँ संक्रमित देखिएका थियो । आज थप २६ जना नयाँ थपिएका हुन् । बुधबार बिहान बाँके र कपिलवस्तुका २ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

आज देखिएका संक्रमितबाहेकका संक्रमित मध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।