काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् ।


ADVERTISEMENT


अपरान्ह ४ बजेदेखि राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम थालेकी हुन् । बैठकमा मन्त्रिगण, दुवै सदनका सदस्य, विशिष्ट पदाधिकारीलगायत उपस्थित छन् ।


ADVERTISEMENT

# # #


यसअघि सङ्घीय संसद्को सचिवालयले राष्ट्रपतिको स्वागतका लागि सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराउनाका साथै सुरक्षा प्रबन्ध गरेको थियो ।

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ ।

प्रत्यक्ष हेर्नुहोस् :