काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न तदनुकूल पहल गरिने बताएकी छन् ।


ADVERTISEMENT


सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले छुटेको नेपालको भूमि समावेश गरी नयाँ नक्शा सार्वजनिक गरिने जानकारी दिइन् ।
लिपुलेक क्षेत्रमा अतिक्रमण गरी हालै भारतले सडक निर्माण गरेको थियो ।


ADVERTISEMENT

# # #


‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ ।’ राष्ट्रपति भण्डारीले भनिन्, ‘तदनुरुप नै छुटेका भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

नीति तथा कार्यक्रममा वर्तमान सरकार गठनपछि छिमेकी मुलुकसहित अन्तरराष्ट्रिय सम्बन्धमा नयाँ आयाम स्थापित भएको पनि जनाइएको छ ।