काठमडौं – पाँच वर्षअघिको भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माण आर्थिक वर्ष २०७७ र ७८ सम्ममा सम्पन्न गरिसक्ने नीति सरकारले लिएको छ ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०७७ र ७८ को नीति तथा कार्यक्रममा पुनःनिर्माणका बाँकी काम आगामी आर्थिक वर्षमा सक्ने उल्लेख गरिएको छ । पुनःनिर्माण गर्न आवश्यक निर्माण सामग्रीका लागि नीतिगत र कानूनी व्यवस्था गरी निर्माण सामग्रीको सहज आपूर्तिका लागि सम्भाव्य एवं उपयुक्त उत्पादन केन्द्र तोकिने नीति सरकारको रहेको उल्लेख छ ।


ADVERTISEMENT

# # #


हालसम्म चार लाख ९५ हजार निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । क्षतिग्रस्त ७५३ पुरातात्विक सम्पदामध्ये ४०२ को पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ । भूकम्पले भत्किएको ऐतिहासिक धरहराको ४० र रानीपोखरीको ७० प्रतिशत पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

नदी कटान र वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नदीजन्य निर्माण सामग्रीको सहज आपूर्ति हुने व्यवस्था गरी पुनःनिर्माणको कामलाई तीव्रता दिइने सरकारको नीति छ । रासस