काठमाडौँ  – नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रे र महोत्तरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT


संक्रमित हुने दुई जनामा महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा कोरोना संक्रमितको संख्याा २७८ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि निको भएका छन् । संक्रमित २७८ मध्ये २२४ जना पुरुष र ५४ जना महिला रहेका छन् । यससँगै नेपालका २६ जिल्लामा कोरोना संक्रमण फैलिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।