काठमाडौँ– एनआइसी एशिया बैंक बाणिज्य बैंकमा सबैभन्दा पहिलो साधारणसभा बोलाउने बैंक बन्न सफल भएको छ । बैंकले साधारण सभा यहि भदौ ३० गते हुने बैंकले जनाएको छ । साधारण सभा प्रयोजनको लागि बैंकको भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म बुक क्लोज हुने जनाएको छ । यसअनुसार भदौ १५ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्र २० प्रतिशत बोनस प्राप्त गर्नेछन् ।


ADVERTISEMENT


बैंकले गत आर्थिक बर्षको नाफबाट प्रस्ताव गरेको २० प्रतिशत बोनस तथा कर प्रयोजनार्थ १ दशमलव ५ नगद लाभांश साधारण सभाबाट पारित गर्देछ । बोनस नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान तथा साधारणसभाबाट स्वीकृत भएपछि यसकासेयरधनी पाउनेछन्


ADVERTISEMENT

# # #