काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिक फिर्ता ल्याउन नसक्ने सरकारले माटो फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास आफूलाई नभएको नभएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद थापाले मान्छे जोगाउन नसक्ने सरकारले माटोपनि जोगाउन नभएको बताए ।


ADVERTISEMENT

# # #


लिम्पियाधुरा समेत समावेश गरेको नक्सा निकालिन्छ र छुटेका भूभाग फिर्ता ल्याउन पहल गरिन्छ भन्दै गर्दा आफूले पनि टेबल ठटाएको स्मरण गर्दै उनले भने, ‘तर, घर गएर आफैलाई सोधेँ, जसले सीमानामा अलपत्र परेको मेरो नागरिक साथीलाई जोगाउन सक्दैन, त्यसले मेरो सीमा जोगाइदिन्छ ? जसले खाडीमा अलपत्र गरेकालाई फिर्ता ल्याउन सक्दैन, त्यसले त्यसले मेरो भूमि ल्याइदिन्छ ?’

राष्ट्रियता भनेको माटो मात्र नभई मान्छे पनि भएको भन्दै उनले विभिन्न खाडी देशमा र नेपालकै सीमामा अलपत्र हजारौँ नाकगरिकलाई स्वदेश फर्काउन नसक्ने सरकारले लुटिएको भूमि फिर्ता गर्नसक्छे भन्ने रत्तिभर विश्वास आफूलाई नभएको उनले जिकिर गरे । सांसद थापाले भने ‘जसले आफ्नो मान्छे जोगाउन सक्दैन, त्यसले माटो जोगाउन पनि सक्दैन । जसलाई पसिनाको गन्धको आनन्द अनुभूति हुँदैन, त्यसले माटोको सुगन्ध पनि थाहा पाउन सक्दैन । त्यसैले मान्छे जोगाउन नसक्ने यो सरकारले भूमि फिर्ता ल्याइदिन्छ भन्ने रत्तिभर विश्वास छैन ।’

संसदमा चर्को आलोचना गर्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आफूलाई लज्जित बनाएको बताए । कोरोना महामारीले गर्दा विश्वको व्यवस्था र अवस्थामा खलबल ल्याउँदा त्यसले नेपाललाई पनि अछुतो नराखेको भन्दै उनले बारी र भकारीमा आएको प्रभावबारे सरकारले नीति तथा कार्यक्रममा नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘यो महामारीले गर्दा विश्वको व्यवस्था र अवस्थामा कसरी खलबल ल्याएको छ, यसबाट हामी अछुतो होइन, हामी झ बढी प्रभावित भएका छौँ, हुँदै जानेछौँ भनेर यो दस्तावेज लेख्दै गर्दा कसैले भनेन ? नागरिकको खल्ती खाली हुँदा घरको खुत्रुके मात्रै रित्तिने होइन, देशको ढुकुटी पनि रित्तिसक्यो, त्यसैले यस्तो बेला ‘यो पनि गरिनेछ, त्यो पनि गरिनेछ’ भनेर नलेखौँ भनेर कसैले भनेन ? घरभित्र र बाहिरको आपूर्ती प्रणाली अस्वव्यस्त हुँदै गर्दा बारीदेखि भकारी प्रभावित भएको यो बेलामा लामो गन्थन नलेखौँ, तत्काल बारी र भकारीको प्रभावलाई कम कसरी गर्ने यो लेखौँ भनेर कसैले भनेन ? रोजगारी वृद्धि, हुन्छ नेपालको समृद्धि भन्ने नारा लेखिँदै गर्दा लाखौँ मानिस यही दुई महिनामा जो हिजो रोजगारी पाएका थिए, उनीहरु बेरोजगार भइसके भनेर कसैले भनेन ? ‘कोही भोकै रहँदैन, भोकले कोही मर्दैन’ भन्ने नारा लेख्दै गर्दा भोकले मरिसके भनेर कसैले भनेन ?’

कोरोना नियन्त्रणमा सरकारको यस्तै प्रवृत्ति र यस्तै काम गर्ने तवर तयारीले अब केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न नभ्याइँने थापाले बताए । ‘सरकारको अभूतपूर्व कामले संक्रमण कम भयो भनिरहँदा संक्रमण कम भएको होइन परीक्षण कम भएको हो भनेर कसैले भनेन ?’ उनले पुनः प्रश्न गरे, ‘कोरोनाबाट एउटा पनि ज्यान गएको छैन भनेर तिघ्रा ठटाउँदै गर्दा यस्तै शैली हो, यस्तै प्रवृत्ति हो, यस्तै काम गर्ने तरिका र तयारी हो भने अब केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न भ्याइँदैन भनेर कसैले भनेन ?’