काठमाडौँ – महालक्ष्मी विकास बैँकले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना भाइरस (कोभिड-१९) को बीमा गरेको छ ।


ADVERTISEMENT


लकडाउनको बेला पनि काम गर्ने कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै तथा उनीहरुलाई काम गर्ने हौसला प्रदान गर्ने गरी कोरोना बीमा गरिएको बैँकले जनाएको छ ।कोभिड–१९ का कारण देश लकडाउनमा रहेको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि महालक्ष्मी विकास बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउदै बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


ADVERTISEMENT

# # #


बैंकले कोभिड -१९ बाट भविष्यमा आइ पर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउदै १ वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड-१९ बीमा गरेको हो । देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।

बैंकले विषम परिस्थितिमा ग्राहकलाई लकडाउनको पूर्ण रुपमा पालना गर्दै संभव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्न अनुरोध समेत गरेको छ ।