काठमाडौं – सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।


ADVERTISEMENT


स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन्।


ADVERTISEMENT

# # #


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौं, विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगंज, कोशी अस्पताल विराटनगरमा गरीएको परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको छ भने उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेका छन् ।

योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। आजै बिहान ९ जना, दिउँसो ५३ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसैले सोमबार एकैदिन ८० नयाँ संक्रमित थपिएका हुन्।

कर्णाली प्रदेशको दैलेखमा संक्रमण देखिएसँगै देशका सात वटै प्रदेशमा कोरोना संक्रमण फैलिएको छ। नेपालमा कोरोनाबाट अहिलेसम्म दुईजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।