वीरेन्द्रनगर — निर्माणाधीन भेरी–बबई बहुउद्देश्यीय आयोजनाको डाइभर्सनअन्तर्गत दोस्रो चरणको संरचना निर्माणको ठेक्का रद्द भएको छ । हाइड्रो मेकानिकलतर्फ गेट तथा पेनस्टक पाइप निर्माणका लागि गरिएको २ अर्बको ठेक्का रद्द भएको हो ।


ADVERTISEMENT


जलस्रोत तथा सिँचाइ विभागले लकडाउनका कारण निर्माण कम्पनीको प्रतिस्पर्धा नदेखिएपछि बैशाख ३० गते ठेक्का रद्द गरेको हो । सार्वजनिक खरिद ऐन–२०६३ अनुसार प्रतिस्पर्धा हुन नसकेपछि विभागले बोलपत्र रद्द गरेको आयोजनाका सूचना अधिकारी कृष्ण उपाध्यायले बताए ।
उनका अनुसार ठेक्का रद्द भएपछि बहुउद्देश्यीय आयोजनाको काम प्रभावित हुने देखिएको छ । ‘चार वर्षभित्र यो काम सकेर बिजुली बाल्ने योजना थियो,’ उनले भने, ‘ठेक्का रद्द भएपछि चालू आर्थिक वर्षमा पुनः टेण्डर प्रक्रिया सुरु गर्नुपर्ने भएको छ ।’