एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या मंगलबार एक लाख नाघेको छ । भारतमा पछिल्लो चौबीस घण्टामा चार हजार ९७० नयाँ संक्रमित देखिएका छन् ।


ADVERTISEMENT


केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले देशभर कोरोना संक्रमितको संख्या एक लाख एक हजार १३९ पुगेको पुष्टि गरेको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशभर एक सय ३४ जनाको मृत्यु भएको छ । यसका साथै भारतमा मृत्यु हुने संक्रमितको संख्या तीन हजार १६३ पुगेको छ ।