काठमाडौं। कोभिड १९ कहरको बेला आफ्नो ज्यान जोखिममा राख्दै सबैभन्दा अग्रपंक्तिमा सेवा गरिरहनुभएका चिकित्साकर्मी तथा नर्सहरुलाई सेवामा सहजताको उद्धेश्य राखेर रामप्रसाद राई स्मृति प्रतिष्ठानले गंगालाल हृदयकेन्द्रलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु प्रदान गरेको छ।


ADVERTISEMENT


प्रतिष्ठानका अध्यक्ष तथा संविधानसभा सभासद तारादेवी राईले गंगालाल हृदयकेन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीलाई उक्त स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा लागि पर्नु भएका आम स्वास्थ्यकर्मीहरुको प्रशंसा गर्दै भोजपुर पुर्ख्यौली घर हुनुभएका डा। अधिकारीले मुटुरोगीलाई पुर्याईरहनु भएको सेवाको उच्च कदर गर्नुभयो । उहाँले गंगालाल हृदयकेन्द्र जस्तो गरिमामय स्वास्थ्य केन्द्रको कार्यकारी निर्देशक नियुक्ति हुनुभएकोमा डाक्टर अधिकारीलाई बधाई तथा शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव देवान राईले क्रान्तिकारी जननायक रामप्रसाद राईलाई वहाँले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय विभूति घोषणाको लागि पहल भैरहेको र सकारात्मक आश्वासन पाएको जानकारी गराए ।

राष्ट्रिय युवा संघका सह संयोजक रमेश पौडेलले डा. अधिकारी सहिद गंगालालको नामबाट स्थापित यो अस्पतालको चौतर्फी विकासमा लागि पर्दै आम नागरिकको सेवामा खटिरहन सक्षम हुने विश्वास ब्यक्त गर्दै आम युवाहरुको तर्फबाट युवा डाक्टर चन्द्रमणी अधिकारीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

भोजपुरे सेवा समाजको तर्फबाट उक्त मेडिकल सामाग्री हस्तान्तरण कार्यक्रममा ऐक्यबद्धता जनाउदै डाक्टर अधिकारीको कार्यकाल सफलताको लागि शुभकामना दिदै अध्यक्ष पासाङ दोर्जी शेर्पाले खादाद्वारा सम्मान सहित बधाई दिनुभएको थियो । उक्त कार्यक्रममा एसएसपीमा बढुवा हुनु भएका केदार ढकाल तथा एसपीमा बढुवा हुनुभएका प्रभु ढकालद्वयलाई भोजपुरको नाम राख्दै सुरक्षा सेवामा दत्तचित्त रही समर्पित हुने प्रतिष्ठान, भोजपुरे सेवा समाज, युवा संघ नेपाल लगायत उपस्थित सबैको तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार पारुहाङ राई, युवा नेता रोशन बस्नेत, राजकुमार कार्की, शसिकला रोकाह, आकर्षण पोखरेल, अशोक चौलागाईं, ठाकुर कडेल, रेजिन श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ लगायतका युवाहरुको उपस्थिती रहेको थियो ।

नागरिक हेल्थ ट्रष्टका अध्यक्ष गोपीकृष्ण न्यौपानेले कार्यक्रम संचालन गर्दै डा. चन्द्रमणी अधिकारी र प्रहरी बरिष्ठ उपरीक्षक केदार ढकाल तथा प्रहरी उपरीक्षक प्रभु ढकाललाई बधाई तथा शुभकामना दिएका थियो।