काठमाडौँ – नेपालमा थप एक जना कोरोना संक्रमित निको भएका छन् । झापाका ६२ वर्षीय एक पुरुष कोरोनालाई जितेर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापाका ती वृद्ध २५ औा दिनमा कोरोना विरुद्धको लडाईं जितेर घर फर्र्किका हुन् । उनको लगातार दोस्रो पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् । यससंगै नेपालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ । निको भएकाहरुको अस्पताल बसाई औसतमा १९ दिन रहेको छ अथार्त् अहिलेसम्म डिस्चार्ज भएका संक्रमितहरु १९ दिनमा निको भएका छन् ।


ADVERTISEMENT

# # #


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अन्तर्राष्ट्रिय मान्यता अनुसार पोलिमर चेन रियाक्सन (पीसीआर) विधिबाट गरिएको परीक्षणमा लगातार दोस्रो पटक कोरोना रिपोर्ट नेगेटिभ आएमा कोरोना निको भएको मानिन्छ । नेपालमा हालसम्म ४०२ जनामा कोरोना देखिएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ ।