काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्  । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सांसदहरुले भाग लिँदै आ–आफ्नो धारणा राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा उठेका प्रश्नको जवाफ दिएका थिए।


ADVERTISEMENT


# # #


नीति तथा कार्यक्रममाथि सांसद डा मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए। सभामुख फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उनीहरुले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कर्याक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो ।

प्रतिनिधिभसभाको अर्को बैठक यही जेठ १३ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ ।

प्रतिकृया

प्रतिकृया