अर्घाखाँची – छिमेकी जिल्लामा कोरोना भाइरसका बिरामी बढ्दै गएपछि अर्घाखाँचीसँग सीमा जोडिएका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै नाका बन्द गरिएको छ ।


ADVERTISEMENT


जिल्ला सुरक्षा समितिको बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाका अर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । कपिलवस्तुसँगको पत्थरकोट, पाल्पाको तीनगीरे, गुल्मीका नेटा र सौतामारे, प्युठानको ढाकावाङलगायत क्षेत्र बन्द भएका छन् ।


ADVERTISEMENT

# # #


बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै तरकारी, दूध, किराना र मासु पसल बिहान ७ देखि १० बजेसम्म खोलिने छ । अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित फेला नपरे पनि भारतलगायत मुलुकबाट आएर क्वारेन्टिनमा बस्ने १५० हाराहारीमा भएको बताइएको छ ।