काठमाडौँ – नेपालमा थप ४ जना कोरोना संक्रमित निको भएका छन् । काठमाडौँमा उपचाररत ४ जना कोरोनालाई जितेर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डिस्चार्ज हुनेहरुमा काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत २३ र २५ वर्षीय महिला तथा ३७ र २७ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबै नवौँ दिनमा कोरोना निको भएर घर फर्किएका हुन् । उनीको लगातार दोस्रो पटक पोलिमर चेन रियाक्सन (पीसीआर) विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जनाए ।


ADVERTISEMENT

# # #


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अन्तर्राष्ट्रिय मान्यता अनुसार पीसीआर परीक्षणमा लगातार दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएमा कोरोना निको भएको मानिन्छ ।

यससंगै नेपालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ । नेपालमा हालसम्म ४५३ जनामा कोरोना देखिएको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ ।