काठमाडौँ – भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो ।


ADVERTISEMENT


कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्सा सार्वजनिक गरेको अवस्थामा उनीहरु झण्डा बोकेर लिपुलेक हिँडेका थिए । उनीहरुलाई व्यासका स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए।


ADVERTISEMENT

# # #


उनीहरु चन्द समूहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम खलङ्गा ल्याइरहेको विष्टले बताए । प्रहरीले लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेशसिंह विष्ट, दीपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउद, दीपक साउद र जनकसिंह साउदलाई नियन्त्रणमा लिएको छ ।

जीवन यसअघि पनि कालापानी जान भन्दै सदरमुकाम खलङ्गामा प्रचा वितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । बन्दाबन्दीको अवस्थामा उनीहरु लुकेर व्यासको दुम्लिङ पुगेका थिए ।