वासिंङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसको परीक्षण गराएको र नतिजा नेगेटिभ देखिएको बताएका छन् । वासिङ्टनबाट मिसिगनको यात्रामा निस्कने क्रममा राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग बिहीबार बिहान आफ्नो कोरोना भाइरसको परीक्षण भएको र त्यसको नतिजा ‘सकारात्मक रुपबाट नकारात्मक’ आएको बताए ।


ADVERTISEMENT


उनले भने, ‘अर्को अर्थमा भन्ने हो भने एकदमै सकारात्मक रुपमा परीक्षण भयो । आज बिहान मैले पोजिटिभ तरिकाबाट गराएको परीक्षणमा नेगेटिभ रिपोर्ट देखियो । आज मेरो पूर्ण रुपमा परीक्षण भयो । परीक्षणमा मेरो नतिजा नेगेटिभ देखियो ।’


ADVERTISEMENT

# # #