बुटवल — मृत्यु घोषणा भएको २६ घण्टा बितिसक्दा पनि रूपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव उठन सकेको छैन ।


ADVERTISEMENT


अस्पतालको आईसीयू बेडमा रहेको शव अस्पतालकै सुरक्षाकर्मी वा स्वास्थ्यकर्मीले बाहिर निकालिदिनु पर्ने अडानमा स्थानीय प्रशासन छ । अस्पताल प्रशासनले भने मृत्यु भइसकेको संक्रमितको शव सुरक्षाकर्मीले नै व्यवस्थापन गर्नु पर्ने अडान राखेपछि २६ घण्टादेखि शव नउठेको हो । शव व्यवस्थापनका लागि दुई पटक शववाहन अस्पताल परिषरमा पुर्‍याएर फर्काइएको छ ।


ADVERTISEMENT

# # #


तिलोत्तमा नगरपालिका–३ मगरघाटमा शव जलाउने स्थानीय प्रशासनको तयारी छ ।